माया तिरिरीमा राधाकृष्णको प्रेमकथा

काठमाडौं । गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘माया तिरिरी’को भिडियो सार्वजनिक भएको छ । गीतमा राज सागरको संगीत र ध्रुवप्रसाद अम्गाईको शब्द छ । गीतमा दीप घतानीको मिक्सिङ र मास्टरिङ तथा साहस शाक्यको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ र समिक्षा पोखरेल फिचर्ड छन् । भिडियोमा कृष्ण बनेका सुधीर र राधा बनेकी समिक्षाको प्रेमकथा देखाइएको छ ।

उत्तम श्रेष्ठ ‘शिशिर’ निर्देशित भिडियोमा सुबोल थापाको कोरियोग्राफी, सुरज माझीको सहायक कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन तथा अमृत चापागाईको सम्पादन छ । भिडियो इनाक्क्षी इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।