ओ माई लर्डमा वर्षा

काठमाडौं । नवगायक आकाश मगरको स्वरमा रहेको गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहानसँग सहकार्य गरेर आकाशले बजारमा ल्याएको गीतमा गायक मगर र दीपक पाठकको शब्द छ । आकाशकै संगीत रहेको गीतमा लिल रक लुकको संगीत संयोजन छ ।

गायक आकाश अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका छन् । युवायुवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेशसिंह गुरुङ फिचर्ड छन् । रुपेश थापाको छायांकन रहेको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी, बिजेश पौडेलको सम्पादन छ ।

जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा तयार भएको भिडियो कलेजेज नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।