डेराको जिन्दगीमा डेरा पीडा

काठमाडौं । देशका विभिन्न स्थानबाट आई काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरबेटीको आफ्नै व्यथालगायतका विषय प्रस्तुत गरिने वेब सिरिज ‘डेराको जिन्दगी’को छायांकन शुरु भएको छ । फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा बन्ने यो सिरिजको सोमबार भद्रकाली मन्दिरमा मुहुर्त गरेसँगै छायांकन सुरु भएको छ ।

मन्सामन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्मातामा राजाराम गौतम र सह–निर्माता सचित शाह छन् । हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल, सुयोग्य श्रेष्ठ, निक शर्मा, रिया श्रेष्ठ, संजिता भण्डारी, सान अधिकारी, राजाराम गौतम, सोनी विक, सूर्यकला दाहाल, गोकुल सुवेदी, सपना श्रेष्ठ, बिन्दिया शाही, शिवन लामा, सरोज दाहालसहित बालकलाकार अरुण कालीराजको अभिनय छ ।

५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी सहायक निर्देशक रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायाकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज मन्सामन्शी क्रियशनको युट्युवमार्फत सार्वजनिक हुनेछ ।