एञ्जिला र पुष्पराजको पिरतीको फण्डा

काठमाडौं । गायिका एञ्जिला रेग्मी र गायक पुष्पराज बसेलको स्वरमा रहेको गीत ‘पिरतीको फण्डा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भीम बिसीको शब्द र संगीत रहेको यस गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा बाल कलाकार परिश्ना बासतोला र प्रीन्स प्रेसियो सिँह थापासँगै जिवेश सिंह गुरुङ र रोशनी कार्की फिचर्ड छन् । भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन र दिपक सुनारको कोरियोग्राफी र निर्देशन छ ।

भिडियो डश म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।