राजु र रिनाको मुटुभरीको माया

काठमाडौं । गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटुभरीको माया’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको सामाखुसीमा एक कार्यक्रमगरी धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा लय, शब्द शिव हमालको रहेको छ । गीतमा एरेन्ज अर्जुन थापाको रहेको छ भने भिडियो पनि अर्जुनले नै निर्देशन गरेका हुन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत कुमार रानाले मिक्सिङ्ग गरेका हुन् ।

गीतको भिडियोमा कोरियोग्राफीको जिम्मा अमोन रानाले सम्हालेका छन् भने शुशिल डागीको छायांकन छ । भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय रहेको छ । गीतमा जापानमा रहदै आएका समाजसेवी धन थापाको सहयोग छ ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिए । साथै उनले लोकगीतलाई बचाई राख्न यस्ता गीतहरुले सदैब सहयोग गर्ने बताए । कार्यक्रममा बिशिष्ठ अतिथि यसैगीतका गीतकार तथा संगीतकार शिव हमालले आफ्नो गीत हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरे ।