दाङमा गुञ्जिँदै भिटेन

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।

कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ । युवा पुस्तामा निकै लोकप्रिय र्यापर समिर घिसिङ ‘भिटेन’ तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ आउने भएका छन् ।

यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत ‘फूलबुट्टे सारी’ गायिका मिलन नेवारको पनि प्रस्तुति रहने छ ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास, दंगाली गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ ।

चैत २१ गतेको कार्यक्रमको लागी अग्रिम इ–सेवामार्फत अनलाइन टिकट काट्न सकिने आयोजक पक्षले जानकारी दिएको छ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको छेको पारेर एकदिने कन्सर्टको आयोजना गर्न लागिएको हो । कार्यक्रमको आयोजक पीएम इन्टरप्रााइजेज रहेको छ ।