गुञ्जन र विश्वको सानी भनेर

काठमाडौं । गायिका गुञ्जन उपाध्यायको नयाँ गीत ‘सानी भनेर’को भिडियो सार्वजनिक भएको छ । गीतमा गुन्जनलाई गायक विश्व नेपालीले साथ दिएका छन् ।

अमेरिकामा बस्दै आएकी गायिका उपाध्यायले यस पटक आफ्नै युट्युब च्यानल नेपसिस्टरबाट गीत सार्वजनिक गरेकी छन् । यस गीतमा शव्द एवं संगीत तुंग नेपालको रहेको छ ।

भिडियोमा प्रयास वान्तवा राई र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोमा सुरज तमुको निर्देशन छ ।