नयाँ बानेश्वरमा खुल्यो फोकस फेशन हाउस

काठमाडौं । नयाँवर्ष २०७८ को अवसरमा पारेर काठमाडौंको नयाँ बानेश्वरमा फोकस फेशन हाउस मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ ।

फेशन हाउसको नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गरे ।

फेशन हाउसमार्फत विभिन्न खालका इभेन्ट र ब्युटीपेजेन्टको आयोजना गर्नुका साथै विज्ञापन तथा वेक सिरिज र म्युजिक भिडियो निर्माण, मोडलिङ फोटोसुटसँगै मोडलहरुलाई ग्ल्यामर क्षेत्रमा भित्र्याउने सहयोग गर्ने फेशन हाउसका सञ्चालक आदर्श शर्माले बताए ।

इभेन्ट आयोजनाको क्षेत्रमा करिब आधा दशकको अनुभव बोकेका आर्दशले रक्की महर्जन, एलीना क्षेत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरुको समूहका साथ फेशन हाउस सञ्चालनमा ल्याएका हुन् ।