मुम्बई(एजेन्सी) । सन् १९९६ मा निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्नि साक्षी’ बनाउदै थिए । यो फिल्मको सुटिङको दौरान नाना र मनीषाबीच अफेयरको समाचार मिडियामा फैलिन थाल्यो ।
मनीषा अभिनेता नानासँग कोही पनि केटी बढी घुलमिल नहुन् भन्ने चाहन्थिइन् । एकदिन फिल्मको रात्रीकालिन सुटिङ चलिरहेको थियो । त्यो दिन मनीषाले नानाको मेकअप रुममा आयशा जुल्कालाई देखिन् ।
आयशालाई नानाको मेकअप रुपमा देखेपछि मनीषा रिसाएर हंगामा नै गरिन् । मनीषाले झगडा गर्न थालेपछि आयशा पनि सहन सकिनन् । मुखामुखबाट सुरु भएको उनीहरुको झगडा हात हालाहालसम्म पुग्यो । त्यसपछि नानाले दुवै अभिनेत्रीलाई हात जोडेर सम्झाउनु परेको थियो ।
यो घटनापछि मनीषा निकै असुरक्षित महशुस गर्न थालिन् र नानालाई विवाहको दबाब दिन थालिन् । नाना पहिलेदेखि नै विवाहित थिए र श्रीमतिलाई छोड्न तयार थिएनन् ।
यसपछि मनीषाले नानासँग ब्रेकअपको निर्णय लिइन् । नानासँग अलग्गिएको केही समयमै मनीषाले नाना कोही युवतीसँग लिभ इन रिलेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै थिइन् ।