माया मिठोमा सुनिए बादल लिम्बु

काठमाडौं । गायक बादल लिम्बुको स्वर, संगीत, एरेञ्ज मिक्सिङ रहेको गीत ‘माया मिठो’को भिडियो सार्वजनिक भएको छ । गीतमा घनराज सुब्बाको शब्द छ ।

गीतको रेकर्डिष्ट सुरेश राई हुन् । भिडियोमा उनकै सम्पादन र सहनिर्देशन छ ।

बादल आफैं फिचर्ड भिडियोमा किरण राईको भीएफएक्स, छायांकन र निर्देशन छ ।