राजा रानीमा रवी र स्मिता

काठमाडौं । गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा भीम बिसीको शब्द र संगीत छ भने रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ छ ।

दिनपरी क्रिएसनले निर्माण गरेको भिडियोमा रवी ओड, कविता श्रेष्ठ, दिनेश विष्ट र प्रियंका शिवाकोटी विष्ट फिचर्ड छन् । भिडियोमा उत्सव नेपाल, रोशन बोगटी, दिनेशराज जोशी, पंकज पनेरु, रमेश मल्ल, दीपसन नाथ योगी, तारा कट्टेल र डीबी मल्ललाई पनि देख्न सकिन्छ ।

दिनेश विष्टको कथा, संवाद र निर्देशन रहेको भिडियोमा जता शंकर गोसाईको कला निर्देशन, पवन सुसलिङको छायांकन, मेघ महर्जनको स्टिल फोटोग्राफी, सपना लम्सालको मेकअप, पवन सुसलिङको भिजुअल एडिट, सन्तोष सुनारको पब्लिसिटी डिजाइन र अमितकुमार चन्दको प्रोडक्सन छ ।