केशवको उठौं मधेसी, जागौं मधेसी

काठमाडौं । जनता समाजवादीका पार्टीका नेता तथा गायक केशव झाको स्वरमा ‘उठौं मधेसी, जागौं मधेसी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केशव झाकै शब्द र संगीत छ ।

मैथली भाषामा रहेको गीतमा एकता नभए भाषा, जाति र धर्मको नाममा शासक वर्गले जालझेल गर्ने र केही प्राप्त नहुने भाव रहेको छ ।

झाले अहिलेको परिस्थतिमा राजनीतिक दल र नेताहरुसँगै बस्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यले गीत ल्याएको जनाए ।