चार फेस्टिभलमा छानियो घर आउ

काठमाडौं । कोभिड महामारीका कारण एकापसमा भेटघाट गर्न नसकेका आमाछोराको कथा समेटिएको सट फिल्म ‘घर आउ’ चार फिल्म फेस्टिभलमा छनोट भएको छ ।

किर्तना बासकोटा निर्देशित यो फिल्म क्यानडाको ‘भ्यानकुभर फिल्म फेस्टिभल’, न्यूयोर्ककको ‘न्यूयोर्क लिफ्ट अफ फिल्म फेस्टिभल’, ‘टोकियो लिफ्ट अफ फिल्म फेस्टिभल’ र टर्कीमा हुन लागेको फिल्म फेस्टिभलमा छनोट भएको छ ।

फिल्ममा अभिनेत्री उमादेवी विश्वकर्माले आमा र अभिनेता सौरमराज तुलाधरको छोराको भूमिकामा अभिनय गरेका छन् ।

बासकोटा फिल्मसले निर्माण गरेको फिल्मले यसअघि ‘अष्टिन लिफ्ट अफ फिल्म फेस्टिभल’मा ‘अडियन्स च्वाइस’ अवार्ड जितेको थियो । निर्देशक किर्तनाले यसअघि डकुमेन्ट्री ‘स्नेही काख’ निर्माण गरिसकेकी छन् ।