साक्षीसँग बस्यो राहुलको दिल

काठमाडौं । यसअघि ‘आयो मेरै राजा’ गीत ल्याएका गायक गणेश थापाले नयाँ गीत ‘तिमीसँग दिल बस्यो’ सार्वजनिक गरेका छन् । गीतमा सुन्दर पन्तको शब्द, बलराम राजवंशीको संगीत छ ।

डब्बु क्षेत्री निर्देशित भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ ।

भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा टंक केसीको छायांकन, सुरेशकुमार राउतको सम्पादन, शोभा श्रेष्ठको श्रृंगार रहेको छ । यो भिडियोलाई सवला थापाले निर्माण गरेकी हुन् ।

केही समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेशले नेपालमा आएको बेला यो दुई वटा गीत रेकर्ड गरेका हुन् । भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।