मेरो आकाशका तारामा नीर र गौरव

काठमाडौं । गायक सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ । गीतले बाबु र छोराको प्रेम र विछोडको कथा भन्छ । सन्दिप बस्नेतको शब्दमा रहेको गीतमा राज सागरको संगीत छ ।

गीतकार सन्दिपले आफ्नो पिताको सम्झनामा यो गीत कोरेका हुन् । अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइँको छायांकन, डिन्सन शाहको सम्पादन छ ।

यो गीतको भिडियोमा नीरविक्रम शाह र गौरव बिष्टको अभिनय हेर्न सकिन्छ ।