ओ मैयामा लभ सर्कल कलाकार

काठमाडौं । फिल्म ‘लभ सर्कल’को पहिलो गीत गीत ‘ओ मैया’ सार्वजनिक भएको छ । गीतमा अंकितबाबु अधिकारीको स्वर संगीत तथा शब्द रचना रहेको छ । स्वरमा अंकितबाबुलाई विद्या तिवारीले साथ दिएकी छन भने शब्दमा अन्वेष थुलुङ्ग राईले साथ दिएका छन् ।

गीतमा नाजिर हुसेन, पवित्रा आचार्य, रिस्ता बस्नेत र मुकुन भुषाल फिचर्ड छन् । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् । फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ ।

गीतमा पवित्रा आचार्यको कोरियोग्राफी छ । फिल्ममा रवीन्द्र झा र सुमन कोइरालाको पनि अभिनय छ ।

फिल्ममा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ ।

आगामी २९ गते बाट चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ । यस संगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए । गीत ओएसआर डिजीटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।