जब तिमीमा खुलेका आर्यन

काठमाडौं । अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो ‘जब तिमी राम्री लाग्यो’ सार्वजनिक भएको छ । भिडियो युवा फिल्म्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सनुप पौडेलको स्वर रहेको गीतको भिडियोमा आर्यनसँगै किरण चन्द र बाल कलाकारद्वय सहर्ष अधिकारी तथा स्टेला अधिकारी फिचर्ड छन् ।
गीतमा अनिल शर्माको शब्द, सुशान्त गौतमको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन छ ।

विशाल सापकोटा निर्देशित भिडियोमा उज्जवल जोशीको छायांकन र डिन्सन शाहको सम्पादन छ । म्युजिक भिडियो आशिष श्रेष्ठ र केशव खड्काले संयुक्त रूपमा निर्माण गरेका हुन ।