के देखाउदैछन् पुष्प र जिसु ?

काठमाडौं । गायिका शान्तिश्री परियार र गायक यज्ञ विकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा गीत ‘हेर्ने हो र देखाइदिम’ को भिडियो सार्वजनिक भएको छ ।

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।