मोडल निशा घिमिरेको निधन

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो ।

लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छोडेको अस्पतालले जनाएको छ । उनलाई अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो ।

तीन वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेको डेढ महिनामा नै उनी दुर्घटनामा परेकी थिइन् । त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।

तीज गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी निशाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।