कसको हुन खोज्दैछिन् विन्दु परियार

काठमाडौं । आधुनिकदेखि पाश्र्व गायनमा आफूलाई अब्बल साबित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ ।

गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

भिडियोमा विन्दु आफैं फिचर्ड छिन् । भिडियोबाट विन्दुले अभिनयमा डेब्यु गरेकी हुन् । भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन, राजीव समरको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ ।
भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।