मञ्जुल र मेलिनाको जीवन गीत

काठमाडौं । मुर्तिकार, गायक तथा संगीतकार मञ्जुल मितेरी र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन दर्शन र जीवनको यथार्थलाई प्रस्तुत गरिएको गीतमा जापानमा बस्दै आएका मुर्तिकार मञ्जुलको शब्द, संगीत र बादल लिम्बुको एरेञ्ज छ ।

साइप्रसमा छायांकन गरिएको भिडियोमा आरोशी थापा र दीपेश मगर फिचर्ड छन् । भिडियोमा आना होन्छेनको छायांकन, अनिल रानाको सम्पादन र सरिता लिङ्देनको निर्देशन छ ।

एएसए ग्रुप प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा सार्वजनिक गरिएको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।