जय होसमा बंगलादेशी अभिनेत्री अर्निका

काठमाडौ । गायिका आनी छोइङ डोल्माको स्वरमा रहेको गीत ‘जय होस् तिम्रो’को कभर गीत गायिका श्रीषा कुँवरको स्वरमा पनि तयार भएको छ । मोडलसमेत रहेकी गायिका कुँवरको स्वरमा सजिएको कभर गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा बंगलादेशकी अभिनेत्री अर्निका मरकको अभिनय छ । गायक तथा संगीतकार तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो मकाउमा छायांकन गरिएको हो ।

निर्देशक तुलाले बंगलादेशकी अभिनेत्रीले हिन्दु धर्ममा आस्था राखेर भगवानको महिमा आफुले गाउन तयार भएसँगै ‘जय होस्’मा उनी काम गर्न तयार भएको बताए ।

अर्निका बंगलादेशमा टेलिफिल्म र म्यूजिक भिडियोमा जमेकी अभिनेत्री हुन् । भिडियोमा छायांकन, सम्पादन, कलर र डिजाइनसमेत निर्देशक तुलाकै रहेको छ । भिडियो निर्देशक तुलाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।