मुम्बई(एजेन्सी) । अभिनेता कमल हासन भारतीय फिल्मका शानदार अभिनेता हुन् भन्दा फरक नपर्ला । उनी यतिबेला चर्चामा छन् । उनको रिलिजको तयारीमा रहेको नयाँ फिल्म ‘विक्रम’ जून ३ मा दर्शकमाझ आउँदैछ ।
केही समय अघि यो फिल्मको गीत ‘पत्थला पत्थला’ सार्वजनिक भएको थियो । अहिले यही गीतको कारण कमल कानूनी फन्दामा परेका छन् । उनीविरुद्ध उजुरी दर्ता भएको छ ।
यो गीत कमलले नै लेखेर स्वर दिएको गीत हो । यो गीतमा अनिरुद्ध रविचन्दरले संगीत दिएका छन् । तर गीतले केन्द्र सरकारको मजाक उडाएको भन्दै गीत र कमलविरुद्ध चेन्नई प्रहरीमा उजुरी परेको छ । गीतले श्रोतामाझ विभाजन गरेकाले गीतको केही शब्द हटाउनुपर्ने माग छ । सामाजिक कार्यकर्ता सेल्वमले गीतविरुद्ध उजुरी दिएका हुन् ।
सेल्वमले मद्रास हाई कोर्टमा जाने तयारी गरिरहेका छन् । उनले आफ्नो उजुरीमा सुनुवाई भएन भने फिल्म रिलिजको माग गर्दै अर्को निवेदन दिने चेतावनी दिएका छन् ।