डिठ्ठा साब वडा सदस्यमा निर्वाचित

काठमाडौं । दर्शकमाझ ‘डिठ्ठा साब’का रुपमा लोकप्रिय कलाकार किशोर भण्डारी तारकेश्वर नगरपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका छन् । उनले ११ सय ५६ मत ल्याएका थिए ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिफिल्म ‘डिठ्ठा साब’बाट लोकप्रिय बनेका किशोर पछिल्लोपटक ‘हर्के हवल्दार’मा पनि जोडिएका थिए । उनले फिल्म ‘चंगा’ पनि निर्देशन गरिसकेका छन् ।

वडा सदस्यमा निर्वाचित भएपछि उनले जनताको चाहना अनुसार काम गर्ने बताए । उनले आफू पाँच दिन वडामा र दुई दिनमात्र कलाकारितामा आबद्ध हुने खुलाए ।