भुवनलाई सुपर डान्सर नेपालको सम्मान

काठमाडौं । भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ आफ्नो सुपर जजमध्येका एक जज तथा नवनियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई सम्मान गरेको छ । चाँडै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको निर्माण कम्पनी एडी रिलिजले केसीलाई बुधबार सम्मान गरेको हो ।

सोनी टिभी इण्डियाको फेन्चाइज यो शोको फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ । अध्यक्ष केसीले आफु सबैलाई साथ लिएर फिल्म उद्योगको विकासमा काम गर्ने बताए ।

कार्यक्रममा शोको निर्देशकमा टेलिभिजनकर्मी तथा निर्देशक भुषण दाहाल रहने जानकारी दिइयो । निर्देशक दाहालले शोको एक्सन कट मात्र नभई आफुले शोमा रहेका हरेक विधाका साथीहरुको एउटा संयोजकको रुपमा काम गर्ने बताए ।

शोका प्रोजेक्ट हेड सशांक पोखरेलले शोले अरु शो जस्तो प्रतिस्पर्धा मात्र नगराई बच्चाहरुलाई सिकाउने अनि विकाससमेत गराउने काम गर्ने जानकारी दिए । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसी, जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई निर्णायक छन् ।