मिसेस नेपाल कल्चरमा रुबी राणा

काठमाडौं । ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगिताका लागि जुनै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् ।

प्रथम ‘मिस नेपाल रुबी राणा’ ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको पहिलो अडिसन यही साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी विभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

युहानका निर्देशक सानु खानले मौलिक संस्कृति, जातीय परिचय, सांस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि सांस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको अवधारणा ल्याइएको बताए ।

प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलावा विभिन्न अवसरसमेत पाउनेछन् ।