प्रकाश र अन्नुको गैरी खोला बनैमा

काठमाडौ । गायक प्रकाश तामाङ तितुङ र गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीतमा आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ छ । भिडियो खुइले बाजे युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे) मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ ।

गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए । त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन् ।

बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।