मायाका रंगहरुमा कुन्दन अनुबन्धित

काठमाडौं । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म मायाका रंगहरुमा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् ।

भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान अनि बलिउड फिल्म श्रीदेवी बङ्ग्लो र मिशन चाइनामा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् ।

फिल्मको मुख्य भुमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । यो इन्डो नेपाली फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

फिल्मका सह–निर्माता जेनिश न्यौपाने हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो फिल्म निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।