भिडियोमा के भुल गरें थिएँ र मैले

काठमाडौँ। गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘के भुल गरें थिएँ र मैंले’ को भिडियो सार्वजनिक भएको छ। राजधानीमा हालै एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सार्वजनिक गीतमा अर्जुन थेबेको शब्द र संगीत देवराज आले मगरको रहेको छ।

कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायांकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ।

भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्।

विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।