काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहरा निर्देशीत नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तम्रा शेरे खोइ’सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर, निर्देशक बोहराको शब्द र राजनराजको संगीत छ । कबिराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नारायण त्रिपाठी,सुरक्षा पन्त र विल्सन विक्रम राईको अभिनय छ ।
संगीतकार राजनराजले लोक आधुनीक शैलीको गीतले दर्शक,स्रोताको मन जित्नेमा आफू बिश्वस्त भएको बताए । अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ बाट आफूले निकै आशा राखेको बताउदै फिल्म उत्कृष्ट बनेको उल्लेख गरिन् । अभिनेता मुकुन भुसालले केही निर्देशकले अफर गरेको भए तापनि यो नै सुरक्षासँग अभिनय गर्न पाएको पहिलो फिल्म भएको बताए ।
निर्माता रामनारायण उपाध्याय र निर्मात्री सुनीता सापकोटाले ‘चमेलीको पोइ’ बाट आफूहरु निकै आशावादी भएको बताए । यही फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन बिक्रम राई, उमेश राई, रबिन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, बिशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन भने निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय छन् । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिप कुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ ।




