काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज गीत ‘‘नाचौन बरिलै’रिलिज भएको छ। निर्माण पक्षले बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै गीतको भिडियो रिलिज गरेको हो । गीतको भिडियो मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ।
समिक्षा अधिकारीले गाएको यो गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत छ । लोकलयमा आधारित यो गीतमा फिल्मका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता बस्नेत नाँचेका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
विनयराज पौडेलको डेब्यू निर्देशन रहेको फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी,अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी,सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। यस फिल्मको बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । यस फिल्मको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।




