काठमाडौं । आगामी भदौ २६ गतेबाट प्रदर्शन हुने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।
गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको छ । सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भावना र उसले गर्ने जीवनको कल्पनामा गीत केन्द्रित छ । एक युवकको तीन युवतीसँग प्रेम गीतमै देखाइएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत छन् । फिल्ममा रेखा थापाको निर्देशन छ ।
‘दिया एण्ड अमु फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको अभिनय रहेको छ ।
ध्रुव लम्सालको स्क्रिप्ट रहेको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । फिल्म रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।





