काठमाडौं । दिपल प्रिजेन्टर्स ‘मिस युनिभर्स नेपाल २०२६’ को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटलमा बिहीबार भएको अडिसनबाट २५ जना छानिएका हुन् । आयोजकका अनुसार अडिसनमा जम्मा १०६ जनाको सहभागिता थियो, जसमा गैर आवासिय नेपालीहरुको पनि उपस्थिती थियो ।
प्रतियोगिताकी राष्ट्रिय निर्देशक संगीता पुरीले सहभागीहरुको आत्मविश्वास, प्रतिभा र ब्यक्तित्वको मुल्यांकन पछि उत्कृष्ट २५ जनालाई छनोट गरिएको बताइन् । उनका अनुसार छानिएका २५ प्रतियोगीतले ग्राण्ड फिनालेका लागी बिशेष तालिम, मेन्टरसिप र ब्यक्तित्व विकाशका लागि बिभिन्न तालिमहरुमा भाग लिनेछन् ।
यसअघि इटहरीमा अडिसन सम्पन्न भइसकेको छ । इटहरीमा ३० जनाबाट ५ जना छनोट भइसकेका छन् । फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै हुनेछ ।
यसवर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ। त्यसैगरी नेपालकै अग्रणी प्रविधि ब्रान्ड एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन् ।





