ल्याङ्ग ल्याङ्गमा एक्ली गुराँस

काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा गुराँसको यो डेब्यु फिल्म हो ।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी छन्। अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर फिल्म ‘मम्मी’मा अभिनय गरेकी थिइन् ।

निर्देशक चौहानका अनुसार गुराँस सिनेमामा एक्लि अभिनेत्री हुन् । फिल्मको पात्र अनुसार मिल्दो भूमिकामा फिट भएपछि बुधबार उनलाई निर्माण टिमले सिनेमामा अनुबन्धित गरेको हो ।

यसअघि फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । निर्माण टिम अझै एक अभिनेताको खोजीमा छन् । अब एक अभिनेता फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुने निर्देशक चौहानले बताए ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ । असोज पहिलो हप्ताबाट फ्‌लोरमा निस्कने तयारीमा रहेको फिल्ममा भोलानाथ कटवालको निर्मााण हुनेछ । प्रि–प्रोडक्सनको काम भैरहेको फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् ।