काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले’ को भिडियो सार्वजनिक गरेकी छन् । अविवाहित युवतीहरूको भावना, प्रेम, उमंग र तीजको सांस्कृतिक माहोललाई समेटिएको गीत सरिताको आफ्नै अफिसियल युट्युब च्यानल एसबी क्रिएसन नेपालमार्फत दर्शकमाझ ल्याइएको हो ।
गीतका शब्द पत्रकार तथा गीतकार सुमन पण्डितले लेखेका हुन् भने गीतको लय तथा संगीत पनि पण्डितकै रहेको छ । गीतमा मदन केसीको संगीत संयोजन, सुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ÷मास्टरिङ रहेको छ ।
गीतको भिडियोमा गायिका सरिता भारतीसँगै ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन–८ की विजेता चादनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, ब्युटिसियन सोनी कारंजित, ब्युटिसियनहरू निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल तथा बाल कलाकार वामिका जयसवाललगायतको अभिनय देख्न सकिन्छ।
भिडियोमा ओमप्रसाद प्रसाईँको छायांकन तथा सम्पादन छ । मेकअपतर्फ बिना राना मगर, श्रृष्टी महर्जन, राधिका जयसवाल र नन्दिनी कुमारी मालीको योगदान रहेको छ। भिडियो एसबी क्रियसनको निर्माणमा तयार भएको हो ।
भिडियोमा नृत्य निर्देशक सन्दीप भुजेलको कोरियोग्राफी, बद्री थापाको फोटोग्राफी तथा डब्बु क्षेत्रीको निर्देशन रहेको छ।





