मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ महिनाको सुरुवात उत्साहजनक रहनेछ। परिवारबाट राम्रो साथ मिल्नेछ। सामाजिक भेटघाटले उपयोगी सम्बन्ध बनाउनेछ। मनमा नयाँ लक्ष्य पलाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरसम्बन्धी कुनै योजना अघि बढ्नेछ। कारोबारमा नयाँ ग्राहकसँग सम्पर्क हुन सक्छ। स्वास्थ्यमा खानपान मिलाउनु राम्रो हुनेछ। नजिकको यात्राको योग बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ व्यक्तिसँगको भेट महत्वपूर्ण बन्न सक्छ। आम्दानी बढाउने उपायबारे जानकारी मिल्नेछ। साथीभाइसँगको सम्बन्ध आत्मीय हुनेछ। व्यक्तिगत निर्णयमा आत्मबल बढ्नेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ९ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुरानो जिम्मेवारीबाट राहत मिल्नेछ। घरमा खुसीको वातावरण बन्नेछ। पैसाको लेनदेन गर्दा स्पष्टता राख्नुहोस्। धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा नयाँ योजना बनाउन सकिनेछ। काममा वरिष्ठ व्यक्तिको विश्वास बढ्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। व्यक्तिगत सम्बन्धमा आत्मीयता थपिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक हिसाब व्यवस्थित गर्न सकिनेछ। विद्यार्थीले कठिन विषयमा सुधार पाउनेछन्। यात्रामा नयाँ ठाउँ हेर्ने अवसर मिल्न सक्छ। शरीरमा थकान भए आराम गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीको काममा राम्रो सहमति बन्नेछ। आम्दानीसँग जोडिएको नयाँ खबर आउन सक्छ। साथी वा सहकर्मीबाट उपयोगी सहयोग मिल्नेछ। मनमा आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पुरानो विवाद समाधानतर्फ जानेछ। आफ्नो सीपबाट काममा फाइदा लिन सकिनेछ। परिवारमा महत्वपूर्ण छलफल हुनेछ। स्वास्थ्यमा आराम र नियमित दिनचर्या आवश्यक छ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बाहिरी सम्पर्कले आर्थिक अवसर ल्याउनेछ। नयाँ विषय सिक्ने चाहना बढ्नेछ। सामाजिक काममा सहभागी हुने मौका मिल्नेछ। व्यक्तिगत रूपमा नयाँ आशा जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मेहनत गरेको कामको मूल्यांकन हुनेछ। आर्थिक पक्षमा बचत बढाउने सोच बन्नेछ। परिवारका ठूलाबडाको सल्लाह उपयोगी हुनेछ। समाजमा सम्मान बढ्ने काम गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ विचारले भविष्यको योजना बदल्न सक्छ। व्यापारमा सहकार्यको अवसर आउन सक्छ। कामको सिलसिलामा नयाँ चिनजान हुनेछ। साथीभाइसँगको भेटले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्त्वपूर्ण व्यक्तिगत निर्णय लिनुपर्ने हुन सक्छ। आर्थिक रूपमा लाभको सम्भावना छ। काममा नयाँ जिम्मेवारीभन्दा आफ्नै योजनालाई अघि बढाउनु राम्रो हुनेछ। आफन्तसँगको भेटले मन खुसी बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।





