काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत वर्ष जलाइएको लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियो नयाँ स्वरुपमा सञ्चालनमा आएको छ । जनकपुरका हेयर स्टाईलिस्ट लक्ष्मी ठाकुरले काठमाडौँको कलंकी र महाराजगञ्जमा रहेको भाट भटेनीमा सञ्चालन गरेको स्टुडियो गत भदौ २४ गते जेनजी आन्दोलनको निशानामा पर्दा स्टुडियो पूर्ण रुपमा क्षतिग्रस्त बनेको थियो ।
जस मध्ये कलंकीको ब्युटी स्टुडियो उनले क्षति भएको केही समयपछि सञ्चालनमा ल्याएका थिए । उनै लक्ष्मीले आन्दोलनको क्रममा जेनजीबाट खरानी बनाईएको काठमाडौँको महाराजगञ्ज भाटभटेनी स्थित ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’लाई पुन निर्माण गरेका छन् ।
रिलिजको तयारीमा रहेको फिल्म ‘कार्की साईला’का अभिनेता जितु नेपाल र सोही फिल्मकी अभिनेत्री प्रियना आचार्यले स्टुडियोको बुधबार शुभारम्भ गरे । लक्ष्मीको यस अघि पाँचवटा ब्रान्च सञ्चालनमा पहिलो ब्रान्चको रुपमा परिचित महाराजगञ्ज भाटभटेनीको यो स्टुयो पुन निर्माण भएको छैटौँ ब्रान्चको रुपमा सञ्चालनमा आएको हो । काठमाडौँ उपात्यका भित्र ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ बाँकी पाँच आउटलेट कोटेश्वर भाटभटेनी, पुलचोक भाटभटेनी, कलंकी भाटभटेनी, स्काईवाक कमलादी र भैसेपाटीमा हाल सञ्चालनमा रहेका छन् ।
अभिनेता जितुले आजकै दिन एक वर्ष अघि जेन्जीबाट जलाईएको आफ्नो ब्युटी स्टुडियोलाई फेरी बनाएर सञ्चालनमा ल्याउनु लक्ष्मी ठाकुरको साहसी कार्य भएको बताए । आफूले लामो समयदेखि कोटेश्वरका भाटभटेनीमा रहेको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’मा हेयर सम्बन्धि सेवा लिँदै आएको स्मरण उनले गरे ।
अभिनेत्री प्रियनाले एउटा फरक पहिचान बनाएको १७ वर्ष पुरानो महाराजगञ्जको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ जलेको एक वर्षपछि पुन स्थापित भएकोमा खुसी व्यक्त गरिन् । यस्तै उनले आगामी ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ को ५ वर्ष भित्र देशभरका सहरमा ५१ वटा शाखा खोल्ने योजना साकार होस भन्ने शुभकामना दिईन् ।







