जलाकी टिजरमा शिक्षिका उपासना

काठमाडौं । फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को पहिलो झलक टिजर सार्वजनिक भएको छ । निर्माण टिमले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । सार्वजनिक पहिलो झलकमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू लगायतका प्रस्तुत गरिएको छ ।

भिडियोमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । टिजरमा उनको बाल्यकाल, कलेज यात्राको क्रममा सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई प्रस्तुत गरिएको छ । भिडियोमा सुन्दर हिमालदेखि पहाड र हरियाली वनजंगल र नदीको संयोजन गरिएको छ । फिल्मको यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले दर्शकमाझ राम्रो हाइप बनाइसकेको छ ।

फिल्म आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुँदैछ । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।

फिल्ममा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।