शीला संगीत साँझमा शम्भुजितलाई अभिनन्दन

काठमाडौं । विगत छ दशकदेखि साहित्य र संगीतमा साधनारत गीतकार तथा साहित्यकार प्राज्ञ उन्नती बोहरा ‘शीला’लाई समर्पित गर्दै ‘फर्की आउ शान्ति तिमी उन्नती शीला संगीत समर्पण साँझ– २०८३’ सम्पन्न भएको छ । उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चको आयोजनामा आइतबार राजधानीको नेपाल पुलिस क्लबमा भएको कार्यक्रममा मन्धुम संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँला प्रमुख अतिथी थिए । कार्यक्रममा संगीतरत्न शम्भूजीत बासकोटालाई १ लाख ५१ हजार रुपैयाँसहित अभिनन्दन गरिएको थियो ।

गीतकार शीलाले गीत सिर्जना र साहित्यमा नै आफूले जीवन समर्पण गरेको बताउँदै श्रीमान दीपक बोहरा, छोरी चाँदनी बोहराप्रति समर्पण गर्दै एकल साँझमा आफ्ना २५ वटा गीतहरु प्रस्तुत गरेको जानकारी दिइन् ।

एकल साँझका लागि चयन भएका गीतहरु जननी जन्म भूमिश्च, कहिं कतै लडखडाए भने, फर्र्काइदेउ मेरो प्रेमपत्रहरु, बाँध बाँध मलाई मायाले बाँध, त्यो दिनयाद गर, भूलभयो मबाट, फर्की आउ शान्ति तिमी, कस्ले पो देख्छ र, यति गहिरो चोट, सिमलको फुल सरी, म झरनासँग झरझर, बदनाम हुन देउ, सँग जिउने, प्रकृति, यो लामो जीवनमा, मेरो आशक्तिका भावना, मलाई उजाड बनाएर, सेती खोला सँगसँगै तरौंला, के भूल गरें मैंले, डाँडाकाडाँ ढकमक ढाकी, आँखाको परेलीमा, तिमी मेरो प्रेम कहानी, ए निल गगनमा उड्ने पंक्षी, तिमी नभए यो, गुराँसको रंग रातो लगायतलाई विभिन्न गायकगायिकाले प्रस्तुत प्रस्तुत गरेका थिए ।

गायकगायिकाहरु प्रमोद खरेल, बानिका प्रधान, माण्डवी त्रिपाठी, प्रविन बेडवाल, जगदिश समाल, कर्णदास, प्राश्नाशाक्य, आनन्द कार्की, संगीता राना प्रधान, निशा देशार, संजय तुम्रुक, विश्व नेपाली, टिका प्रसाईं, सरिता शाही, सुरेश लामा लगायतले गीत गाएका थिए ।

कार्यक्रममा गायिका तथा संगीतकार मीरा राणा, साहित्यकार उषा शेरचन, फिल्म सम्पादक नरेन्द्र खड्का, गायक कर्ण दास, कलापत्रकारद्वय राजाराम फुयाल, डब्बु क्षेत्री, संगीतकार तथा संयोजक मनोहर सुनाम र अमूल कार्की ढली, फोटोग्राफर मनोज शाही र नृत्याङ्गना प्रितिशा केसीलाई जनही २१ हजार नगद राशिसहित सम्मान गरिएको थियो ।

गीतकार उन्नती बोहरा ‘शीला’का ‘कोसेली उसैलाई’, ‘भावनाका तरंग’, ‘अदृश्य घाउ’ जस्ता कृतितथा ‘सिक्काकादुई पाटा’ उपन्यास प्रकाशित छन ्। उनका केही साहित्यिक सिर्जना अंग्रेजी भाषामा समेत अनुवाद भएका छन् । नेपाली गीतसाहित्यमा उनको योगदानबारे त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अनुसन्धानसमेत भएको छ ।