काठमाडौं । आध्यात्मिक चेतना, मानवीय संवेदना र जीवन दर्शन बोकेको नयाँ भजन ‘रामले बाटो देखाइदेऊ’ सार्वजनिक भएको छ । नारायण कँडेलको प्रस्तुतिमा तयार भएको उक्त भजन नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भजनले श्रीराममा मात्र सीमित नभइ सम्पूर्ण देवीदेवताप्रतिको आस्था, विश्वास र भक्तिभावलाई समेटेको छ । गीतकार नारायणकै शब्द रहेको गीतमा कृष्णा आचार्य ‘रोशनी’को संगीत तथा सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वर रहेको छ । कृष्ण केसीले संगीत संयोजन गरेका छन् भने गोविन्द अनेकले रेकर्डिङ र श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भजन प्रिज्म स्टुडियोमा तयार गरिएको हो ।
गीतको भिडियो भगवान् श्रीरामप्रतिको भक्तिभावसँगै सम्पूर्ण ईश्वरप्रतिको आस्था र आध्यात्मिक परिवेशलाई जीवन्त बनाउन बत्तीसपुतलीस्थित राम मन्दिरको धार्मिक वातावरणमा छायांकन गरिएको छ ।
कृष्णा आचार्य ‘रोशनी’को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा देवी घर्ती, कोष खड्का, सज्जन हमाल ठकुरी र कृष्णा आचार्य ‘रोशनी’को अभिनय तथा प्रस्तुति रहेको छ । भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको छ ।







