सविनको सम्झनामा चलचित्र पत्रकारिता पुरस्कार घोषणा

काठमाडौं । तीन दशकदेखि सञ्चारमाध्यममा सक्रिय रही २५ वर्षदेखि चलचित्र पत्रकारिता गरेका पत्रकार सविन शाक्यको सम्झनामा ‘सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार सविनको गत असार २३ गते निधन भएको थियो ।

पत्रकार शाक्यको वार्षिकीको अवसरमा फिल्मीखवर साप्ताहिकले उनको सम्झनामा पुरस्कार स्थापना गरेको हो । शाक्यको निधन भएको वार्षिकी तथा प्रथम स्मृति दिवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताए ।

पुरस्कार हरेक वर्ष फिल्मीखवरको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राशी १० हजारसहित प्रमाणपत्र प्रदान गरिने शान्तिप्रियले जनाए । उनका अनुसार हरेक वर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकारहरुलाई यो पुरस्कार प्रदान गरिनेछ ।