मैथिली फिल्ममा नम्रताको आइटम

काठमाडौं । मैथिली भाषाको फिल्म ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक भएको छ । भारतको मुम्बईमा निर्माण भएको फिल्म प्रेम कथामा आधारित छ । हिन्दु मुस्लिमले एक अर्कासँग बिहे गर्दा आइपर्ने सामाजिक समस्यामा आधारित फिल्ममा नेपालका मोडल पियूष कर्ण, कलकत्ताकी नायिका रैना बेनर्जी प्रमूख भूमिकामा छन् ।

फिल्ममा आदित्य नारायण झा र तोचि रैनाले मैथिली फिल्मको गीतमा पहिलोपटक स्वर दिएका छन् । वेदान्त झाले निर्माण गरेको फिल्ममा रुपक सरारको निर्देशन छ । फिल्ममा सरोज सुमन, प्रवेश मल्लिक, एस कुमारको संगीत छ ।

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको फिल्मलाई नेपालका विभिन्न शहरसहित भारत, दुबई, कतार अष्ट्रेलियामा एकसाथ रिलिज गरिनेछ । फिल्मको एक आइटम गीत ‘ललमुनियाके ताडी’ मा नायिका नम्रता सापकोटाको नृत्य हेर्न सकिन्छ ।