४० बढी पर्दामा एकसाथ चक्कर

काठमाडौं । शुक्रबारबाट मुलुकका करिब ४० बढी पर्दामा एकसाथ फिल्म ‘चक्कर’ रिलिज हुँदैछ । यसका निर्माता तथा छायाँकार रविन आचार्यका अनुसार फिल्म अपराध विषयमा आधारित छ । अनुष्क रौनियारको निर्देशनमा बनेको फिल्ममा कथा, पटकथा र संवाद पनि अनुष्कको नै छ । जसमा संगीत संगम पन्त र पुष्प पलाञ्चोके, छायाँकन रविन आचार्यको छ ।

निर्देशक अनुष्कले क्राइम ड्रामा तथा सस्पेन्स थ्रिलर जनरामा फिल्म बनेको बताएका छन् । नियमित रुपमा बन्दै आएका नेपाली फिल्महरु भन्दा केहि पृथक बाटोमा रहेर फिल्म बनाएको उनको भनाई छ । सेक्स भर्सेज क्राइम फिल्मको थिम भएको पनि उनले खुलाएका छन् ।

फिल्ममा ऋचा शर्मा, अर्पण थापा, सिर्जना सुब्बा, स्मृति पोखरेल, भोलाराज सापकोटा, सुन्दर श्रेष्ठ, एभोनराज उप्रेतीको अभिनय छ । फिल्मको ट्रेलरमा रहेको एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व तथा अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्यबाट पनि दर्शकले यो फिल्म क्राईम र सेक्स जनरामा बनेको बुझ्न सक्ने निर्माता रविनले बताएका छन् ।