हरिदत्तको जीवन रंगमञ्च भएपछि

काठमाडौ । युवा गायक हरिदत्त फुलाराले ‘रंगमञ्च भो मेरो जिवन’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । उनको भिडियोलाई व्हाइट पिगन मिडियाले दर्शक र श्रोतामाझ ल्याएको हो ।

भिडियोका निर्माता राजकुमार महर्जन हुन । गीतमा मित्र केसीको शब्द, एकान्त मगरको छायांकन, मिना लामाको निर्देशन रहेको छ । गीतमा अनमोल पन्त, सुमन ढकाल, मिना लामा, संगिता शाह, राजेश श्रेष्ठको अभिनय रहेको छ ।