गाजलुले राम्री हुँदै अमृता

काठमाडौं । गायिका अमृता लुङ्गेली मगरले तीजको गीत ‘राम्री हुनी गाजलुले हो’ दर्शकमाझ ल्याएकी छन् । गीतमा शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीत छ ।

गायिका अमृताले तीजका गीतमा विकृति बढेकोले आफु भने मौलिक गीतमा लागेको बताइन् । गीतमा एरेञ्ज कृष्ण पुनको रहेको छ । गीतमा शब्दलाई पछ्याउँदै सकभर मौलिक गहनासमेत समेट्ने प्रयास गरिएको छ ।

गीतमा साबित्रा बस्नेत भुजेलले मोडलिङ गरेकी छिन् । गीतका छायांकार सुरेश श्रेष्ठ हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । गुरुआमा फिल्मस्ले तयार पारेको भिडियोमा निर्देशक भने स्मृति तिमील्सीना रहेकी छिन् ।