काठमाडौंमा सायाबुङको विशेष शो

काठमाडौं । किरात राई संस्कृतिमा आधारित फिल्म ‘सायाबुङ’ अर्थात ‘शीरफुल’को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते फिल्मको विशेष शो हुन लागेको हो ।

द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गरिएको छ । फिल्मको नाम किराती सभ्यतार भाषाबाट लिइएको भएपनि पनि फिल्म नेपाली भाषामा रहेको छ । फिल्मका नर्देशक भगिराज राईले पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको गाई तथा चौरी गोठ पालनको संस्कृतिलाई फिल्ममा समेटिएको बताए ।

‘त्यहि गोठ पालन गर्ने सुदुर ठाउँमा रहेको युवा र बस्तीमा रहेकी युवती बीच हुर्किएको एउटा अर्गानिक प्रेम कथा यसमा समेटिएको छ ।’ उनले भने । निर्माता साया राईले भाषा संस्कृति संरक्षणमा थोरै भएपनि योगदान दिन फिल्म निर्माण गरिएको बताइन् । फिल्मको छायांकन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

फिल्ममा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय छ । फिल्ममा भगिराज लेखन, भक्त सुनुवार र उदय नेमबाङको संगीत, देबजंग थापाको सम्पादन छ । फिल्मलाई नेपालका विभिन्न स्थानसँगै भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमा पनि प्रदर्शन गरिनेछ ।