आमाको सम्झनामा प्रदीपको गीत

काठमाडौं । गायक प्रदीप आचार्यले आफ्नी आमालाई सम्झँदै ‘आमा’बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । उनको शब्द र संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज छ ।

गीतमा अशोक महर्जनको मिक्सिङ, उमेश पण्डितको फ्ल्युट, उदयराज पौडेलको गीतार र विनोद अधिकारीको सम्पादन छ । उनले गीतमा अर्को जन्ममा पनि अहिलेकै आमाको छोरा हुन पाउँ भनी बिन्ती बिसाएका छन् ।