काठमाडौं । चितवन रामघाटका २५ वर्षे विकल्पराज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् । विधागततर्फ ‘सोसल मिडिया अवार्ड’ समेत जितेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद ५० हजारका साथमा विभिन्न पुरस्कार । श्रेष्ठले यसै वर्ष आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा सुसन महर्जन ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’, सन्दिप केसी ‘मिस्टर नेपाल म्यान अफ द इयर’, प्रदीप न्यौपाने ‘मिस्टर नेपाल मेन इन्टरनेशनल’, चन्दन चौधरी ‘मिस्टर नेपाल मेनएटिच्युट’ चुनिँदा सागर परियार ‘एक्सपोज नेपाल टुरिजम एम्बेसडर’, सविन बराल ‘एक्पोज नेपाल युथ एम्बेसडर’ र दिपेश श्रेष्ठ ‘एक्पोज नेपाल स्पोर्टस एम्बेसडर’ छानिए । महर्जन, केसी, न्यौपाने र चौधरीले २० हजार रुपैंयाँ तथा परियार, बराल र श्रेष्ठले १५ हजारसहित विभिन्न उपहार प्राप्त पारे ।
प्रतियोगितामा कलाकार सुनिल थापा, पुर्व डिआइजी विज्ञानराज शर्मा, गीतकार डा.कृष्णहरि बराल, बैंकर रविना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा निर्णायक थिए । प्रतियोगितामा सागर परियार ‘मिस्टर ट्यालेन्ट’, चन्दन चौधरी ‘मिस्टर फोटोजेनिक’, सुशन मर्हजन ‘बेष्ट मोडल’, रिसव पौडेल ‘पब्लिक च्वाइस’, जीवन रेग्मी ‘एसएमएस स्टार’ बने । उनीहरुले जनही १० हजार रुपैंयाँ पाए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर गर्दै उज्जवल भबिश्य निर्माणमा अग्रसर गराउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको एक्सपोज नेपालकी सिइओ अर्चना थापाले बताइन् ।