गोविन्दसँग मेलिनाको आना सुक्का कुरा

काठमाडौं । गायिका मेलिना राई र गायक गोविन्द चेम्जोङको स्वर रहेको ‘आना सुक्का’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बुको संगीत र रामजन सुब्बाको शब्द रहेको गीतको भिडियोमा अलिशा राई र पुष्कर दाहालले फिचरिङ गरेका छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन् ।