सञ्चिता र सन्नीको प्रेममा चम्कियो तारा

काठमाडौं । नायिका सञ्चिता लुँइटेल र सन्नी ढकालले अभिनय गरेको फिल्म ‘गुनगुन’को दोस्रो गीत ‘चम्क्यो तारा चमक्क’ सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण भएको फिल्मको गीतले दुई कलाकारको प्रेमभावलाई प्रस्तुत गरेको गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत र मेलिना राई तथा दौलत राईको स्वर छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन छ ।

फिल्ममा सञ्चिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, सुवास मेचे रविन्द्रप्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतको अभिनय रहेको छ ।

कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गर्ने निर्देशकले बताए । प्रार्थना फिल्म्स्को प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।